Logo
Logo

यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका क्रिकेटर दानुष्का पक्राउ


756
Shares

एजेन्सी । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार अस्ट्रेलियाको सिड्नीबाट पक्राउ गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

सिड्नी प्रहरीले पनि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको छ । तर, नाम भने सार्वजनिक गरेको छैन ।

एक पीडित महिलाले गएको नोभेम्बर २ तारिखमा आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् । उनीहरुबीच एक डेटिङ एपमार्फत कुराकानी भएको र भेटघाट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्