Logo
Logo

प्रभु बैंक र होटल मुस्ताङ ताजबीच आकर्षक छुटसम्बन्धी सम्झौता


693
Shares

काठमाडौं । प्रभु बैंक र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताजका तर्फबाट प्रोप्राइटर योगेश शेरचनद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहक महानुभावले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्वारा सञ्चालित फुड, वेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राउने भएका छन् ।

सम्झौताअन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा होटल मुस्ताङ ताजका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको जनाएको छ । सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्