Logo
Logo

सन्राइज क्यापिटलको १२औँ साधारणसभा सम्पन्न


441
Shares

काठमाडौं । सन्राइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सनराइज क्यापिटलले आफ्नो १२औँ वार्षिक साधारणसभा कात्तिक १८ गते शुक्रबार अलफ्ट होटल ठमेलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमा आव २०७८÷७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आव २०७९÷८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

साथै आव २०७८÷७९ को मुनाफाबाट २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्