धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइवार धादिङ पुगेका छन् । चुनावी दौडाहामा रहेका ओली आतइबार दिउँसो आफ्नो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा-नौबीसे सुरूङ मार्ग अवलोकन गर्न धादिङ पुगेका हुन् ।

सुरूङमार्ग अवलोकनमा पुगेका ओलीले धादिङ- १ मा बागी उम्मेदवारी दिएका नेता नेत्र पौडेललाई पछि हट्न निर्देशन दिए । साथै उनले पौडेललाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका काममा होमिन पनि आग्रह गरे ।
सुरुङ मार्ग धादिङको झ्याप्ले खोलामा करिब एक किलोमिटर निर्माण सकिन लागेको छ ।



