
काठमाडौं । पाकिस्तान सरकारले नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले नेपालको नयाँ राजदूतका रुपमा अब्रार एच. हास्मीलाई नियुक्त गरेका हुन् । अबररलाई नेपालको राजदूत नियुक्त गर्न पाकिस्तानी विदेशमन्त्री बेलावाल भुट्टो जारदरीले सिफारिस गरेका थिए ।
नेपालका लागि नवनियुक्त राजदूत हास्मीले यसअघि संयुक्त राज्य अमेरिकाको होस्टनमा महावाणिज्य दूतका रुपमा काम गरेका थिए ।