Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनको सरगर्मीदेखि सेयरको उकालो यात्रासम्म


252
Shares

१. मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकियो, राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसहित भोट माग्न गाउँ–गाउँ पुगे, निर्वाचन गतिविधि बढेसँगै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेको संख्या पनि बढ्यो, आफ्नो नीति तथा कार्यक्रम जनतालाई सुनाउने–बुझाउने भन्दा पनि प्रतिपस्पर्धी पार्टीका नेतालाई गाली गर्ने गलत परम्पराको विकास ।


२. मंसिर ४ गते हुने निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन साना कम्युनिस्ट पार्टीहरूले बहिष्कार गर्ने, विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीद्वारा निर्वाचन बहिस्कार गर्ने घोषणा, अहिलेको निर्वाचन जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप ।


३. पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म कायम रहने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी, गठबन्धन चुनावका लागि मात्र नभएर देशको समृद्धि, आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि आवश्यक रहेको धारणा, गठबन्धन जति बलियो भयो, त्यति नै बलियो सरकार बन्ने भनाइ ।


४. नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गोरखाको विकासका लागि ४५ योजना सार्वजनिक, सडक, शिक्षा, स्वास्थ्य, पर्यट, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता, नेपाली समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र त्यसको कार्यान्वयनसम्म आफूले निरन्तर देश र जनताको पक्षमा भूमिका खेल्दै आएको दाबी ।


५. नेकपा एमालेलाई चुनाव जित्न कसैले रोक्न नसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, नेपाली जनता नै एमालेको साथमा रहेकाले दुनियाँको कुनै शक्तिले पनि एमालेलाई रोक्न सनक्ने भनाइ, विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुको विकल्प नरहेको धारणा ।


६. स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने धारणा, राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने सुझाव ।


७. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रको २७औँ सम्मेलन सुरु, सम्मेलनको औपचारिक सुरुआत भएपनि मुख्य कार्यक्रम ‘लिडर समिट’ सोमबार र मङ्गलबार हुने, विज्ञानमा आधारित चुनौती र रियो–१९९२ देखि ग्लास्गो–२०२१ सम्म सम्झौताबारे समिक्ष गरिने, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्वाकाङ्क्षी परिणामहरू दिने सम्मेलनको लक्ष्य र उद्देश्य ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी, शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४३ दशमलव २० अंकले उकालो लागेर एक हजार ९ सय ६५ दशमलव ३६ पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स ८ दशमलव शून्य ९ अंकले उकालो लागेर तीन सय ८७ दशमलव ५२ कायम ।


९. विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा जित हात पार्यो, मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्दै उपाधी चुम्यो, आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै ९६ रन मात्र बनायो ।


१०. हत्या गर्ने प्रयाससहित गोली प्रशारबाट घाइते भएइका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि ‘डिस्चार्ज’, गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि राजनीतिक सङ्कट थप चुलियो, आक्रमण धार्मिक अतिवादको एकदम स्पष्ट मामला रहेको सरकारी अधिकारीको दाबी ।

प्रतिक्रिया दिनुहोस्