Logo
Logo

चुनावपछि गठबन्धनका सबै दल टुक्राटुक्रा हुन्छन् : नेता रायमाझी


1.6k
Shares

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले मंसिर ४ पछि सत्ता गठबन्धनमा रहेका दलहरु टुक्रा टुक्रा हुने दावी गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै अर्घाखाँचीबाट प्रतिनिधिभाका उम्मेदवारसमेत रहेका नेता रायमाझीले सो दवी गरेका हुन् । उनले गठबन्धन दलभित्रै शक्ति सन्तुलन मिल्न नसकेको बताए ।

‘गठबन्धन आफैमा अस्तित्व रक्षाका निम्ति लागिपरेको छ । उसको कुनै एजेण्डा छैन । उनीहरूबीचमै शक्ति सन्तुलन मिलाउन समस्या छ । त्यसैले उनीहरुबीचकै द्धन्द्धले चुनावपछि गठबन्धन टुक्रा टुक्रा भएर जान्छ,’ उनले भने ।

मंसिर ४ पछि देशमा दुई ध्रवको राजनीति हुने बताउँदै उनले पुँजीवादको नेतृत्व कांग्रेसले र समाजवादको नेतृत्व नेकपा एमालेले गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्