Logo
Logo

जुम्लामा एकीकृत समाजवादीको सिंगो कमिटी नै एमाले प्रवेश


5.5k
Shares

सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का जुम्ला अध्यक्षसहित सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटीका सबै एमाले प्रवेश गरेका हुन् ।

एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

यो संगै एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ । उनको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमाले जुम्ला इन्चार्ज रतननाथ योगीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्