
१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको सक्रियता बढ्यो, शीर्ष नेताहरूको दौडधुप, उम्मेदवारसहित नेता कार्यकता भोट माग्न गाउँ–गाउँमा, दहरुको आ-आफ्नै दाबी, आफ्नो नीति तथा कार्यक्रम जनतालाई सुनाउने–बुझाउने भन्दा पनि प्रतिपस्पर्धी पार्टीका नेतालाई गाली गर्ने गलत परम्पराको विकास ।

२. राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको ६ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान, महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स कार्यक्रममा सहभागी हुने, ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्ने, राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति नन्दबहादुर पुनलाई ।

३. निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुट्यो, मतदानस्थलमा सिधैँ र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धितस्थलमा पुगे÷नपुगेको जानकारी लिने, आचारसंहिता परिपालनामा आवश्यकता अनुसार सघाउने, मतदानपछि मतपेटिका र गणनाको सुरक्षामा आवश्यक समन्वय र सहयोग गर्ने ।

४. आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, सत्ता गठबन्धन दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न दिए चुनौती, गठबन्धनमा विचार र गन्तव्य नभएको आरोप, लोकतान्त्रिक मूल्यमान्यताका लागि पनि एमालेले बहुमत प्राप्त गर्नु आवश्यक भएको ठहर ।

५. संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित लोसपाले सार्वजनिक गर्यो चुनावी घोषणापत्र, संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा, लोकतन्त्र, सुशासन र जनकल्याणप्रति प्रतिबद्ध रहने भनाइ ।

६. सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालद्वारा प्रतिबद्धतापत्र सार्वजनिक, अव्यवस्थित बसोबासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने प्रतिवद्धता, युवाहरूलाई सिपमूलक तालिम दिने, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षा पहिलो प्राथमिकतामा ।

७. रूपन्देही– २ मा वामदेव गौतम नेतृत्वका नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले नेकपा एमालेलाई सघाउने, रूपन्देहीको क्षेत्र नं २ बाट उम्मेदवार बनेका एमालेका विष्णु पौडेललाई सघाउने केन्द्रीय कमिटीको निर्णय, रूपन्देहीको विकासमा विष्णु पौडेलको भूमिका कसैले पनि अवमूल्यन गर्न नहुने उपाध्यक्ष महेन्द्र अर्यालको भनाइ ।

८. आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम, दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ रुपैयाँ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच ।

९. प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी, कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जीत, प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको सान्त्वना जीत, कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

१०. रूसका राष्ट्रपति भ्लादिमिर पुटिननिकट व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार, युरोपेली मुलुकले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी येभगेनी प्रिगोजिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको स्वीकार, प्रिगोजिनले धेरै पश्चिमी देशहरूमा मतदानको परिणामलाई प्रभावित गर्न ‘ट्रोल फ्याक्ट्री’ चलाएको आरोप ।
