काठमाडौं । कल्पना पाण्डेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् । लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका पाण्डेले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै लोसपा परित्याग गरेका हुन् ।

यो संगै उनले रुपन्देही-३ का उम्मेदवार दीपक बोहरालाई समर्थन गर्ने भएका छन् । पाण्डेले लोसपामा व्यक्तिवादी हाबी भएकाले पार्टी परित्याग गरेको बताए ।
पाण्डेले २०७२ सालदेखि आजसम्म सक्रिय रूपमा राजपा, जसपा हाल लोकतान्त्रिक समाजवादी पार्टीमा सक्रिय राजनीतिमा प्रदेश समिति सचिवालय सदस्यको रूपमा काम गरिरहेको र लुम्बिनी प्रदेशको शिक्षा तथा सामाजिक विकास मन्त्री र उद्योग वन तथा वातावरण मन्त्रीको रूपमा राष्ट्रको सेवा गरेपनि पार्टीमा व्यक्तिवादी हाबी हुँदा पार्टी परित्याग गरेको बताए ।
