Logo
Logo

मुख्यसचिवलाई कसले फसायो ?


7.1k
Shares

काठमाडौं । चुनावको मुखमा सरकारले एक अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । अध्यादेशमा भएको चलखेलले फेरि सरकार विवादमा परेको छ ।

सम्पत्ति शुद्धीकरण नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै सरकारले विभिन्न ऐनहरू संशोधन गर्न लागेको हो । संसद चलेकै अवस्थामा संसदमा विधेयक पेश भएको थियो । तर, त्यो पास भएन । कानुन संशोधन नहुँदा देश कालोसूचीमा पर्न लागेको भन्दै तिनै कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न लागिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश एक साताअघि राष्ट्रपति कार्यालयमा पठाइए पनि त्यो प्रमाणीकरण हुने सम्भावना कम छ ।

यसरी अध्यादेश ल्याउदा खोज्दा चलखेल भएको छ । यसअघि अध्यादेशमा १८ वटा ऐन संशोधनको प्रस्ताव थियो, अहिले १७ वटा मात्र छ । पर्यटन ऐन संशोधनलाई हटाइएको छ । पर्यटन ऐन संशोधन गरी क्यासिनो सञ्चालनसम्बन्धि प्रावधानलाई कडाई गर्न लागिएको छ । यसबाट नेपालका क्यासिनोमा हुने अवैध धन्दा रोकिने भएकाले क्यासिनो सञ्चालकहरूले प्रलोभनमा पारेर ऐन संशोधन रोकाएका हुन् । यसमा मुख्यसचिव शंकरदास बैरागीसमेत विवादमा तानिएका छन् ।

स्रोतका अनुसार कानुनसचिव उदयराज सापकोटा र मुख्यसचिव बैरागीको यसमा शंकास्पद भूमिका देखिएको छ । पछिल्लो समय कानुन मन्त्रालयसमेत सम्हालेका ज्ञानेन्द्र कार्कीमाथि पनि प्रश्न उठेको छ । यसरी चलखेल भएको जानकारी पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश फिर्ता गर्नेबारे छलफल गरेकी छिन् ।

सम्पत्ति शुद्धीकरणमा नेपालले गरिरहेको कामबारे यही महिना अन्तर्राष्ट्रिय मुल्याङकन हुँदैछ । यदि, त्यो मूल्याङकनमा फेल भएमा नेपालले थुप्रै बन्देज झेल्नुपर्ने हुन्छ । त्यसबाट देशको अर्थतन्त्र नै धरासायी हुने जोखिम छ । तर, उच्च पदस्थ केही व्यक्तिहरू भने आर्थिक लाभमा बिकेर देशलाई नै डुबाउने खेलमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्