Logo
Logo

कांग्रेस (वीपी)का उम्मेदवारले गरे उम्मेदवारी निस्क्रिय


2.9k
Shares

स्याङ्जा । नेपाली कांग्रेस (वीपी)का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन् ।

स्याङ्जा-१ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका उनले नेपाली कांग्रेसका उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

प्रजातान्त्रिक समाजवादको आदर्श र मूल्य मान्यताबाट मात्र मुलुकको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने जनाउँदै उनले प्रेस बिज्ञप्ति निकालेर उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका हुन् ।

प्रदेशसभाका समानुपातिक तर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउँदै थापा र रानालाई समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्