काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीबाट राजीनामा दिएका छन् । जसपाले एमालेसँग गठबन्धन गरेको भन्दै उनले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन् ।

रौतहटको देबाही गोनाही नगरपालिकाका पूर्वनगरप्रमुख समेत रहेका उनले अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण आफूले पार्टीबाट राजीनामा दिएको बताए ।
एमालेले नागरिकता विधेयक पारित हुन नदिएको र पटक-पटक मधेसी जनतालाई अपमान गरेको भन्दै उनले भने, ‘संविधान संशोधन हुनै दिएन, आज त्यही पार्टीसित जसपाले गठबन्धन गरेको छ । त्यसले पार्टीमा काम गर्न असहज भएकोले राजीनामा दिएको छु ।’