Logo
Logo

भूकम्पमा परि मृत्यु हुने सबैको परिचय खुल्यो (नामावलीसहित)


756
Shares

डोटी — डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने सबैको परिचय खुलेको छ ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु भएका ६ जनाकै परिचय खुलेको हो । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परि ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको हो । घाइते ५ जनाको उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्