डोटी । सुदुरपश्चिमको डोटीमा मंगलबार राति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पको धक्काले घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्।

यस्तै, सोही गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई गएको ६.६ रेक्टरस्केलको भूकम्पमा परि अन्य ५ जना घाइते भएका छन् ।
भूकम्पको धक्काले पूर्वीचौकी गाउँपालिकामा ८ वटा घर भत्किएका छन् ।

भूकम्पले भत्काएका घरको भग्नावशेष हटाउन तथा थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले घटनास्थल पुगिसकेको छ ।
