काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।
मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गम्भीर प्रकारको निमोनिया देखिएका ५८ वर्षीय थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।
ह्याम्समा तीन साताको उपचारपछि स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार जारी राखिएको थियो ।
थापाको निधनपछि मोरङ-३ (१) प्रदेशसभातर्फको चुनावी कार्यक्रम पनि रोकिने भएको छ।