Logo
Logo

किसान श्रेष्ठको चुनावी एजेण्डा : बारा-४ को पुर्वाधार विकास


567
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्यका लागि बारा–४ बाट बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।

नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता जनाएका छन् । सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्की सडकको रुपमा विस्तार गरिने उनले आफ्नो प्रतिवद्धतामा उल्लेख गरेका छन् ।

अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् । प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने प्रतिवद्धता पनि उनले जनाए ।

नेता श्रेष्ठले विश्रामपुर– इटियाही–प्रसौनी–खुटवा–बुनियाद–इनर्वासिरा–महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिवद्धता जनाइका छन् ।

साथै छतवा–वतरा–फुलवरिया–फेटा–भर्वलिया– भलुही–बंजरिया–हरपुर इनर्वासिरा हुदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गरेका छन् । राष्ट्रिय गौरबका योजनाहरु फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न गर्ने तथा विरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई बिशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उनले प्रतिवद्धतामा उल्लेख गरेका छन् ।

पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा बिकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने पनि उल्लेख गरेका छन् ।

उनले औधोगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालन गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्