Logo
Logo

सिद्धार्थ बैंकले सुरु गर्यो भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवा


693
Shares

काठमाडौं । सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । यस नयाँ सेवामार्फत विश्वका एक सय ८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकले आफ्ना परिवार, आफन्त तथा साथीलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।

स्वदेशी तथा विदेशी ग्राहकले भिसा रेमिट्यान्स सेवामा आवद्ध भएका बैंकको मोबाइल÷इन्टरनेट बैंकिङ तथा रेमिट्यान्स कम्पनीमार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् ।

यसरी भिसा रेमिट्यान्स सेवामार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिनेछ । यस सेवाले गर्दा ग्राहकवर्गको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको जनाएको छ ।

बैंकले हाल देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित बैंकिङ सेवा, १७ सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्