Logo
Logo

नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता व्यावसायिक दक्षता अभिवृद्धिसम्बन्धी तीनदिने कार्यक्रम सम्पन्न


567
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि लागि ३ दिने (२०७९ कात्तिक १९ देखि २१ गतेसम्म) ‘लिडर्स नाइट विथ पारस खड्का’ कार्यक्रम काठमाडौँस्थित चन्द्रागिरि हिल्समा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०७९ साउनमा सञ्चालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई कम्पनीका ब्राण्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका ब्राण्ड एम्बेसडर खड्काले कार्यक्रमको उद्घाटन गरेका थिए । देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब १०० जना वरिष्ठ अभिकर्ताकको सहभागिता रहेको कार्यक्रममा अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा किल डेभलपमेण्ट सम्वन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

यसैगरी तोकिएको लक्ष्य पूरा गरी कार्यक्रममा सहभागी हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहेनतको कदर गर्दै उनीहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पु¥याउन आफ्नो तर्फबाट गरेको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछिको आफ्नो अनुभव सुनाएका थिए । साथै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसँग साक्षात्कर हुन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउँदै सहभागी अभिकर्तालाई बधाईसमेत दिएका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले पारस खड्काको उपस्थिति र अनुभवबाट आफूहरु उत्प्रेरित भएको र यसबाट आफ्नो वृत्तिविकासमा सकरात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्