Logo
Logo

न्युयोर्क राज्यसभामा नेपाली मुलका सरहाना श्रेष्ठ विजयी


315
Shares

काठमाडौं । अमेरिकामा भएको मध्यकालीन निर्वाचन अन्तर्गत न्युयोर्कको राज्यसभामा नेपाली मूलका अमेरिका नागरिक विजयी भएका छन् ।

रिपब्लिकनका उम्मेदवार केभिन चहिललाई पराजित गर्दै सरहाना श्रेष्ठ निर्वाचित भएको द युनियनले जनाएको छ । उनले ७ हजार ७ सय २ मत प्राप्त गरेका छन् । १३ पटकसम्म त्यहाँ विजयी भएका केभिन, श्रेष्ठसँग ५ सय २३ मत पछि परेका हुन् ।

काठमाडौँमा जन्मिएकी श्रेष्ठ सन् २००१ मा ग्राफिक्स डिजाइन पढ्नका निम्ति न्युयोर्क पुगेका थिए । उनले सन् २०१९ मा अमेरिकी नागरिकता पाएका थिए । उनी जलवायु परिवर्तनबारे वकालत गर्ने अधिकारकर्मी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्