Logo
Logo

दक्षिण एसियाकाे उत्कृष्ट १० व्यवसायीमा डिश मिडियाका अध्यक्ष आचार्य


1.1k
Shares

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य ‘सीईओ इनसाइट्स एसिया’द्वारा दक्षिण एसियाकै उत्कृष्ट १० मध्येका ‘बिजनेस लिडर’का रुपमा सम्मानित भएका छन् ।

सीईओ इनसाइट्सले देशको कर्पोरेट क्षेत्रलाई भविष्यको नयाँ आयाममा लैजान सक्ने, दक्षिण एसियाका उच्चस्तरका प्रोफेसनलहरु र विचारशील नेतृत्वलाई यो सम्मान प्रदान गर्दै आएको छ ।

आचार्यको नेतृत्वमा रहेको नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोमले दस लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । आचार्य अध्यक्ष रहेको डिजिटल होम इन्टरनेशनलले सेटअप बक्सहरुको उत्पादन हुँदै डीएचआई होम अप्लायन्स पनि उत्पादन तथा विक्री वितरण गर्न सुरु गरेको छ भने उनकै अध्यक्षतामा कामना सेवा विकास बैंकले देशभर १ सय ३१ शाखाहरु विस्तार गरेको छ ।

देशमा बढ्दो इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै सन् २०२० मा डिश मिडिया नेटवर्कले डिशहोम फाइबरनेटमार्फत आफ्नो सेवा विस्तार गरेको छ भने भर्खरै नयाँ पुस्तामा लक्षित आईपीटीभी पनि सुरु गरेको छ

प्रतिक्रिया दिनुहोस्