काठमाडौं । कांग्रेसले मोरङको क्षेत्र नम्बर–३ को प्रदेशसभा (१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसका उम्मेदवार एवं प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले पार्टीले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । लिम्बूले उम्मेदवारी दर्ता गराउन जाने तयारी गरेका छन् ।
निर्वाचन आयोगले कांग्रेसलाई मनोनयन दर्ताका लागि आज १० बजेदेखि १ बजेसम्मका समय दिएको छ ।