काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ७५ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
बिहीबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् । कार्यक्रममा नेपालले पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने आश्वासन दिए ।
उनले आसन्न निर्वाचनलक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिकसहित वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन लाग्न निर्देशन समेत दिए ।