Logo
Logo

नेपाल-पाकिस्तानबीचको मैत्रीपूर्ण खेल हेर्न ५०० र १००० रुपैयाँको टिकट


693
Shares

काठमाडौं । नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण खेलका लागि टिकट मूल्य तय गरिएको छ । अखिल नेपाल फुटल संघ (एन्फा)ले बिहीबार पत्रकार सम्मेलन गर्दै खेलका टिक मूल्य तोकेको हो ।

जसमा साधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजार टिकट मुल्य राखिएको हो । ८० सिट भीआईपीका ५ हजारको टिकट व्यवस्था गरिएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए । नेपाल र पाकिस्तानबीच यही कात्तिक ३० गते दशरथ रंगशालामा मैत्रीपुर्ण खेल हुनेछ ।

यस खेल हेर्ने भाग्यमानी एक दर्शकले कतारमा हुने विश्वकपमा ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट प्राप्त गर्ने साहले बताए ।

भाग्यमानी दर्शकलाई एन्फाले टिकट मात्र दिने र हवाई टिकट र खान बस्न आफैंले व्यहोर्नु पर्ने छ । मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार ९२७ बजेट लाग्ने साहले बताए ।

प्रतिक्रिया दिनुहोस्