Logo
Logo

संकोच नमानी गठबन्धनको पक्षमा लाग्न प्रचण्डको आग्रह


504
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन निर्वाचनको लागि मात्रै नभएर संविधान जोगाउनका लागि भएको बताएका छन् ।

बिहीबार गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रहसमेत गरे । शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’

उनले प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको समेत आरोप लगाए । ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको बताउँदै भने, ‘अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्