Logo
Logo

ओलीको अचम्मको दाबी- २०५१ सालमा प्रधानमन्त्री थिए ! (भिडियो)


24.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश दौडाहामा छन् । देशका विभिन्न ठाउँमा आयोजित चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका छन् ।

केपी ओली चर्का भाषण मात्र गर्दैनन्, विपक्षीलाई अनेक लाच्छना लगाएर गाली गर्छन् । बोल्दै जाँदा ‘के–के बोल्दैछु’ भन्ने समेत बिर्सन थालेका छन् ।

हुँदाहुँदा ओलीले ‘२०५१ साल प्रधानमन्त्री थिए’ भन्नसम्म भ्याए !

बिहीबार नेकपा एमाले झापाले खोरुङ्गामा चुनावी सभा आयोजना गरेको थियो । सभालाई सम्बोधन गर्न ओली पुगेका थिए । सम्बोधनका क्रममा ओलीले आफू २०५१ सालमै प्रधानमन्त्री भएको बताए ।

२०५१ सालमा एमाले नेतृत्वको सरकारले वृद्धभत्ता सुरु गरेको सन्दर्भमा बोल्दा ओलीले आफू प्रधानमन्त्री रहेको बताएका हुन् ।

ओली भने पहिलो पटक सन २०१६ पहिलो पटक प्रधानमन्त्री भएका हुन् ।

खास कुरा के हो ?

खासमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्व एमालेले सरकार बनाएको थियो । अधिकारी प्रधानमन्त्री थिए । सोही क्याबिनेटमा केपी शर्मा ओली गृहमन्त्री थिए ।

ओलीले झापामा बोल्ने क्रममा ‘वृद्धभत्ता ल्याउने सरकारमा म गृहमन्त्री थिए’ भन्न खोजेको हुनसक्छ । तर, विपक्षीलाई गाली गर्ने क्रममा निक्कै हौसिएर भाषण गरिरहेका ओलीले ‘म प्रधानमन्त्री थिए’ भनेको हुनसक्छ ।

मञ्चमा एमालेका थुप्रै नेता बसेका थिए । तर, अध्यक्ष ओलीको गलत दाबी सुनीमात्र रहे, कसैले सच्याउन सुझाव समेत दिएनन् । ओलीले निरन्तर बोलिरहे, अरुलाई गाली गरिरहे ।

भिडियो हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्