Logo
Logo

टी-२० विश्वकप : इंग्ल्यान्ड फाइनलमा, भारतको लज्जास्पद हार


1.1k
Shares

एजेन्सी । इंग्ल्यान्ड आइसीसी टी–२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समिफाइनलको दोस्रो खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्डले फाइनमा स्थान पक्का गरेको हो ।

अब उपाधिको लागि इंग्ल्यान्डले आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड सन् २०१० र पाकीस्तान २००९ को टी–२० विश्वकप च्याम्पियन टोली हुन् ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ८६ रनमा अविजित रहे । कप्तान जस ८० रनमा अविजित रहे ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए । विराट कोहलीले सर्वाधिक ५० रन बनाए ।

रोहित शर्मा २७ रनमा आउट भए । विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा फिलिप साल्टबाट क्याच भए । स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेलेका सूर्य क्याच हुन पुगेका थिए । ऋषभ पन्त ६ रनमा रन आउट भए ।

प्रतिक्रिया दिनुहोस्