नुवाकोट । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा अहिले सबै राजनीतिक दल र तिनका उम्मेदवारहरू चुनावी अभियानमा मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

मतदाताहरूलाई उनीहरूले आफूले गरेका काम र अब गर्ने काम के कस्ता छन् भन्नेबारे योजना सुनाइरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रको विकास कसरी गर्ने भन्ने भिजनसहित मतदाताको आँगनमा पुग्ने एक प्रदेशसभा उम्मेद्वार हुन् नुवाकोट क्षेत्र नम्बर १ (क) का राधिका तामाङ । अलोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार राधिका तामाङ नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार रहेका छन् ।
को हुन् राधिका तामाङ ?
निडर स्वभाव भएका राधिका तामाङ नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–३ (साविक लिखु गाविस–४) पोखरेमा वि.सं. २०४० साउन १७ गते जन्मिएका थिए । बुवा शेरबहादुर र आमा राम्री तामाङको ३ छोरीमध्ये कान्छी छोरी हुन् राधिका । १५ वर्षको उमेरमा संगठित भएर राजनीतिक यात्रा शुरु गरेकी उनी माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ताको शुरुमा सामेल भए ।
९ कक्षा पढ्दै गर्दा ०५७ मा भूमिगत भएर माओवादी जनयुद्धमा लागेका उनी पार्टीको सैन्य संगठन जनमिलिसिया, पार्टी कमिटी इलाका सदस्य, जिल्ला कमिटी सदस्य, जनसरकार प्रमुख, राज्य समिति सदस्य हुँदै केन्द्रीय सदस्य बनको छन् ।
विद्यार्थी सङ्गठनमा सङ्गठित भएपछि राज्यले आतङ्ककारीको आरोप लगायो र उनी भूमिगत हुन बाध्य भए । युद्धकालमा उनले पटकपटक तत्कालीन शाही सेनाको घेराबाट उम्केर आफ्नो जीवन बाँचेको अविष्मरणीय घटना आज पनि ताजै रहेको बताउँछन् ।

भूमिगत अवस्थामा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, गोरखा लगायत जिल्लामा उनी संगठनात्मक कार्यमा सहभागी भए ।
माओवादीले समानान्तर सत्ता अभ्यासका लागि स्थापना घोषणा गरेको जनसत्ताको नुवाकोट जिल्ला जनसरकार प्रमुख भएर वि.सं. ०६१ देखि ०६३ सम्म जिम्मेवारी बहन गरे ।
निवर्तमान प्रदेश उपसभामुख तामाङले ०७० सालको संविधान सभा निर्वाचनबाट संविधान सभा सदस्य र ०७३ साउन २९ देखि ०७४ जेठ २४ सम्म प्रचण्ड नेतृत्वको सरकारमा कृषि राज्यमन्त्रीको जिम्मेवारी निर्वाह गरेका तामाङ २०७४ को निर्वाचनबाट प्रदेश सभा सदस्यमा नुवाकोट १(क) बाटै निर्वाचित भए । र, बागमती प्रदेश सभाको उपसभामुखको भूमिका कुशलतापूर्वक पूरा गरे ।
यस्तो छ उनको पाँच वर्षे योजना
प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका तामाङले आफ्नो ५ वर्षे लक्ष्य सार्वजनिक गरेका छन् । उनको लक्ष्य मानव विकासमा जोड, भौतिक पूर्वाधारमा ध्यान भन्ने नारा रहेको छ ।
१. प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङ, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको बाँकी खण्ड मानेभञ्ज्याङदेखि राउतबेसी, समुन्द्रटारसम्म निर्माण गर्ने ।
२. प्रादेशिक रणनीतिक सडक ढलानघर, कुण्डला, घलेभञ्ज्याङ, भ्याङले सडकको सुरुको खण्ड ढलानघर, स्याल्पिङ खोला, शिवालय सडकको स्तरोन्नती र कालोपत्रे गर्ने ।
३.प्रादेशिक रणनीतिक सडक सुन्दरीजल, चिसापानी, गोल्फुभञ्ज्याङ, कुटुमसाङ, गोसाईंकुण्ड मार्ग निर्माण गर्ने ।
४.दुप्चेश्वरको समुन्द्रटारदेखि घ्याङफेदी सडक, समुन्द्रटार, राउतबेशी, झगरे, गोल्फुभञ्ज्याङ सडक शिवपुरीको आइतरामपाटी, छाप, तलाखु सडक, रोल्चे, मानेडाडा, बोर्लाङभूमि स्कूल हुँदै शिवालय, गोल्फुभञ्ज्याङ सडक, पाटीभञ्ज्याङ, खोलेखर्क, कालोभञ्ज्याङ, बेतीनी सडक, तादी गाउँपालिकाको खरानीटार, टुटुङगा, उर्लेनी सडक, फेदीबेशी, गणेशथान पौवाथोक, लच्याङ सडक, जिरोकिलोबाट डाडापाटो हुँदै लच्याङ, उर्लेनी सडक, सातबिसे बागमारा सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने ।
५. सुइरेचौर, घ्याङस्वारा, बागमारा, रान्चेभूमेमा पर्यटन पार्क निर्माण गर्ने ।
६.दुर्लभ बन्यजन्तु रेडपाण्ड संरक्षण गरी पाण्डा पार्क र लालिगुरास पार्क निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने ।
७.दुप्चेश्वर महादेव मन्दिर परिसरको बृहत्तर विकास मार्फत धार्मिक पर्यटन प्रवर्द्धन गर्ने ।
८.सामुदायिक र सांस्कृतिक घरवास कार्यक्रम सञ्चालनमा जोड गर्ने ।
९.समुन्द्राफिनी धान र असला माछाको व्यावसायिक प्रवर्द्धनका लागि विशेष पहल गर्ने ।
१०. कृषिको व्यावसायिक उत्पादन, बजारीकरण र प्रशोधनमा योजनाबद्ध पहल गर्ने ।
११. रैथाने बाली प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणको व्यवस्था गरी ग्रामीण अर्थतन्त्रलाई प्रभावकारी बनाउने साथै युवा स्वरोजगारको लागि विशेष व्यवस्था गर्न पहल गर्ने ।
१२. कृषि तथा प्राविधिक शिक्षाका लागि आंगिक कलेजको व्यवस्था गर्ने, आंगिक नभएको अवस्थामा सम्बन्धन लिई प्राविधिक कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड गर्ने ।
१३. क्षेत्रीय अस्पताल र सबै पालिकास्तरीय अस्पताललाई दक्ष जनशक्तिसहित सुविधासम्पन्न बनाउने ।
१४. स्वास्थ्य र शिक्षालाई नागरिकको पहुँचमा पुर्याइ गुणस्तरीय सेवा प्रवाहमा विशेष जोड गर्ने ।
१५. मातृभाषामा शिक्षाको व्यवस्था र वाग्मती प्रदेशमा नेपाली भाषासँगै तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा कार्यन्वयन गर्न पहल गर्ने ।
१६. महिलालाई सीप विकासमार्फत आर्थिक आत्मनिर्भर बनाउने साथै हरेक निकायमा समानुपातिक सहभागिताको व्यवस्था गर्ने । छोरी–बुहारी शिक्षा कार्यक्रमका लागि छात्राबृत्तिको व्यवस्था गर्ने ।
१७. न्याय र सुशासन कायम गर्न दृढतापूर्वक लागि पर्ने ।
पाँच वर्षमा के गरे ?
०७४ मा प्रदेशसभा सदस्य चुनिएसँगै प्रदेशसभा उपसभामुख बनेका तामाङले आफूले पाँच वर्षे कार्यकालमा आफ्नो जिल्लामा गरेका मुख्य कामहरूको विवरण यस्तो छ–
१. प्रादेशिक रणनीतिक सडक गुर्जेभञ्ज्याङदेखि समुन्द्रदेवी, मानेभञ्ज्याङ, समुन्द्रटार सडकको गुर्जेभञ्ज्याङदेखि समुन्द्रदेवीसम्म ८ किमी सडक स्तरोन्नति र कालोपत्रे सम्पन्न । बाँकी खण्ड समुन्द्रदेवीदेखि मानेभञ्ज्याङसम्मको लागि रु ७२ करोडको बहुवर्षीय योजना स्वीकृत भइ निर्माण प्रक्रियामा रहेको ।
२. प्रादेशिक रणनीतिक सडक शिवपुरी ढलानघर, पञ्चकन्याको कुण्डला, घलेभञ्ज्याङ, कुलकुले भ्याङले हुँदै दुप्चेश्वरको समुन्द्रटार सडक रु ४० करोडको बहुवर्षीय योजना स्वीकृत भई निर्माणाधीन अवस्थामा रहेको ।
३. रणनीतिक सडक टोखा, गुर्जेभञ्ज्याङ, छहरेसम्मको अधिकांश खण्ड कालोपत्रे र ढलान सम्पन्न भएको, केही खण्ड निर्माण प्रक्रियामा रहेको ।
४. शिवपुरी कृषि चक्रपथ निर्माण प्रक्रियामा रहेको ।
५. शिवपुरी १ र ३ जोडने शिवालय पुल, शिवपुरी–१ मा ज्यामिरे खोला पुल, तादी खोला भ्याङले पुल गरी तीनवटा पक्की पुलहरु निर्माण सम्पन्न ।
६. शिवपुरी २ को लप्कालुङ खोला पक्की पुल, दुप्चेश्वर ५ र ६ जोडने चन्द्रवती खोला पक्की पुल, तादी १ र ३ जोडने दोर्खु खोला पुल, शिवपुरी ६ र पञ्चकन्या जोड्ने शिवालय पुलहरु निर्माणको प्रक्रियामा रहेका छन् । त्यसैगरी शिवपुरी ३ को कात्तिके खोला पुल, शिवपुरी १ को मिश्री खोला पुल, बिनडाँडा खोला पुल लगायत केही पक्की पुलहरुलाई डिपिआरको लागि बजेट व्यवस्था भइ कार्यन्वयनको प्रक्रियामा रहेका छन् ।
७. सहरे बेशीकसेरी जोडने झोलुङ्गे पुल, बैसाङ खोला झोलुङ्गे पुल, दुप्चेश्वर ४, पञ्चकन्या १ र लिखु ६ जोडने आपचौर झोलुङ्गे पुल, तादी ४ र पञ्चकन्या ४ जोडने झोलुङ्गे पुल र दुप्चेश्वरको मुसाङ खोला झोलुङ्गे पुल निर्माण सम्पन्न ।
८. करिब ५ करोड लागतमा शिवपुरी ६ स्थित घ्याम्पेश्वरीमा सहिद स्मृति रंगशाला निर्माण ।
९. शिवपुरी र तादी गाउँपालिकामा मिनी कोल्ड स्टोर निर्माण ।
१०. शिवपुरी ६, चापाबोटमा करिब पाँच करोड लगानीमा तामाङ साँस्कृतिक संग्रहालय बहुवर्षीय योजना स्वीकृत भई निर्माणाधीन अवस्थामा रहेको ।
११. रु ५ करोडको लागतमा ककनी, सुइरेचौर, चिसापानी, कुटुमसाङ र रु।४ करोड लागतमा कुटुमसाङदेखि ठाडेपाटी, गोसाईंकुण्ड पदमार्गको ठाडेपाटीसम्म पदमार्ग निर्माण ।
१२. राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुप्चेश्वर गाउँपालिकामा जटील सुत्केरीका लागि हवाई उद्धार सेवा सञ्चालन ।
१३. विदुरमा पोष्टबहादुर बहुप्राविधक शिक्षालयको स्थापना र शिवपुरीको सिक्रेमा कृषि प्राविधिक शिक्षा सञ्चालन ।