Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचनको रौनकदेखि नेप्समा पहिरोसम्म


1.1k
Shares

१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकियो, भोट हाल्न १० दिन बाँकी, राजनीतिक दलका नेता तथा उम्मेदावरको दौडधुप, खेतबारीमै पुगेर भोट माग्दै, जनताका समस्याप्रति चासो नदिने र हरेक पटक जनतालाई झुक्याउने काम मात्रै भएको मतदातको गुनासो, जनतालाई पटकपटक झुक्याउनेलाई किन भोट दिने भन्दै प्रश्न ।

२. ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धन बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्र धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको अभिव्यक्ति, अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेको टिप्पण ।

३. गठबन्धनभित्र देखिएका समस्या समाधान गर्न पहल गर्ने सत्ता गठबन्धनको निर्वाचन परिचालन समिति सचिवालयको निर्णय, चुनावी अभियानमा देखिएका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी अभियानमा जाने छलफल, स्थानीयदेखि केन्द्रीय स्तरसम्मका पार्टी सदस्यहरूलाई चुनावमा परिचालन गर्ने सहमति ।


४. ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश, न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि २० कात्तिकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता, अभियन्तालाई कारबाही गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न निर्देशन ।


५. माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा नक्कली मित भएको एमालेका अध्यक्ष ओलीकोे टिप्पणी, प्रचण्ड–देउवा नक्कली मित लाएर कुदिरहेको र निर्वाचनपछि छुट्टीने दाबी, प्रचण्डलाई बोक्नलाई माओवादीले बम हान्दा देउवा बाचेको भनाइ, शेरबहादुरकै पछि लाग्न जुरेकाले टाउकाको मोल तोकेको बेला प्रचण्ड पक्राउ नपरेकी टिप्पणी ।


६. हरेक वर्ष बढिरहेको सरकारको बेरुजु घटाउन ताथ सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारका लागि बेरुजु फछ्र्यौैट समिति गठन गर्न सरकारलाई सुझाव, बेरुजु फछ्र्यौटका लागि छुट्टै संयन्त्रको आवश्यकता भएको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फछ्र्यौटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’मा उल्लेख, आठ खर्ब २९ अर्ब १५ करोड ६८ लाख बेरुजु फछ्र्यौट हुन बाँकी ।


७. बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन आगामी मङ्सिर ४ गतेसम्म स्थगित गर्न नेपाल चेम्बर अफ कमर्सको आग्रह, जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह, निर्वाचनलगत्तै सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्ने भनाइ ।


८. नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक ओरालो लाग्ने क्रम जारी, बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक हजार आठ सय ९३ दशमलव ७० अङ्कमा सिमीत, दुई सय २६ कम्पनीको ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्री हुँदा रु एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ बराबरको कारोबार ।


९. शसस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो सेमिफाइनल खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्यो, १२३ रनको लक्ष्य पछ्याएको एपीएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।


१०. संयुक्त राष्ट्रसङ्घका प्रमुखहरूले युक्रेन र रूसबाट ‘ब्ल्याक सी’ सम्झौता अन्तर्गत खाद्यान्न र मल निर्यात गर्ने सम्बन्धमा रूसी अधिकारीहरूसँग वार्ता गर्ने, विश्व बजारमा खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहजीकरण गर्ने दिशामा भएको प्रगतिलाई अगाडि बढाउने आशा ।

प्रतिक्रिया दिनुहोस्