Logo
Logo

छुटेका दुई सांसदले लिए शपथ, अझै दुई जना बाँकी


1.6k
Shares

काठमाडौं । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शुक्रबार शपथ लिएका छन् ।
संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र माओवादी केन्द्रका सांसद रामकुमार राईले सपथ लिएका हुन् ।

शुक्रबार सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहीबार शपथ लिएका थिएनन् भने माओवादीका सांसद राई प्लेन उडानमा ढिलाई भएकाले छुटेका थिए । यस्तै, एकीकृत समाजवादीका सांसद प्रेम आले र कांग्रेसका माया राई पारिवारिक कारणबाट शपथ लिन छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्