Logo
Logo

विशेष अदालतले सफाई दिएका प्रहरीका एसपी रामेश्वर यादव दोषी ठहर


12.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले यादवसँगै हवल्दार ढकबहादुर गुरुङलाई समेत दोषी ठहर गरेको छ ।

यसअघि उनहरुलाई विशेष अदालतले सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुँदा एसपी यादव जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।

२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनि भ्रष्टाचारमुद्दा दायर भएको थियो । विशेष अदालतले सफाई दिएसँगै उनको बढुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्