Logo
Logo

तिलोत्तमा नगरपालिकाभित्र चल्ने ट्राम रेल्वेको शिलान्यास


441
Shares

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा नगरपालिकाभित्र ट्राम रेल चल्ने भएको छ । नगरपालिकाका मेयर रामकृष्ण खाँणले शुक्रबार ट्राम रेल्वेको शिलान्यास गरेका छन् ।

नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको यो योजना नगरवासीको साथ र सहयोगमा सम्पन्न हुने मेयर खाँणले बताए ।

अघिल्लो सरकारको समयमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा यो परियोजना अगाडि बढाइएको थियो । तत्कालीन मेयर वासुदेव घिमिरेले लगानी सम्मेलनमा लगानीकर्ताले देखाएको चाहनाअनुसार तत्काल डीपीआर बनाउन लगाएका थिए ।

कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन गर्न प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी जुटाइने छ । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । उनले एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने जानकारी दिए ।

विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट यो ट्रामा रेलेले दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोड मानिसले सेवा लिने अप्रेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्