Logo
Logo

पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्छ : राष्ट्रपति भण्डारी


441
Shares

सर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको सुर्खेतमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा समेत उनले जोड दिइन् । ‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, प्रेस जगतले स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्व निर्वाह गरे काम गर्नुपर्छ’, उनले भनिन्, ‘नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने हो । त्यहीअनुसार जीवनस्तरमा सुधार हुनु आवश्यक छ ।’

सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएको बताउँदै उनले राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने उनले बताइन् ।

अहिलेको प्रविधिको विकासले अवसर मात्र नभएर चुनौती थपेको समेत बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘सूचनाको हक लोकतन्त्रमा अनिवार्य छ । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्