Logo
Logo

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम


126
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने (२०७९ पुस ५ गतेदेखि ७ गतेसम्म) ‘चेयरपर्सन क्लब, तािलम तथा सम्मान’ कार्यक्रम काठमाडौंस्थित होटल सोल्टीमा सम्पन्न गरेको छ ।

आ.व. २०७८/२०७९ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ६०० जनाभन्दा बढी अभिकर्ताहरूलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कलासम्बन्धी तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो । त्यसतै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरूबारे गरेको व्यवस्था सम्बन्धमा विस्तृत जानकारी गराइएको थियो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनोट भएका सबै अभिकर्ताहरूलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्