Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सरकार गठनको कसरतदेखि शोभराजलाई उन्मुक्तिसम्म


693
Shares

१, सरकार गठनबारे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएन सहमति, बालुवाटरमा भएको छलफल बिना निष्कर्ष टुंगियो, शनिबार दिउँसो फेरि छलफल गर्ने गरी आजको बैठक सकिएयो ।


२, कुख्यात बिकिनी किलर चार्ल्स शोभराज नेपालबाट डिपोर्ट, शोभराजलाई कतार एयरलाइन्सको उडानमार्फत फ्रान्स पठाइयो, शोभराजले १० वर्ष नेपाल प्रवेश गर्न नपाउने, शोभराजले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने ।


३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यसपटक प्रधानमन्त्री दावी नगर्न कांग्रेसका नेता प्रकाशमान सिंहको आग्रह, कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन सहयोग गर्न सिंहको अनुरोध, अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले अब बन्ने सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने प्रचण्डको भनाइ ।


४, प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवाता, बालुवाटारमा आज भएको भेटका क्रममा उनीहरूबीच सत्ता समीकरणबारे छलफल, संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाद्वारा सरकारमा सहभागी हुन प्रस्ताव ।


५, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट झण्डै २० केजी सुन बरामद, सुनसहित एक सुडानी नागरिक पक्राउ, एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी, अनुसन्धानका लागि सुडानी नागरिकलाई प्रहरी वृत्त गौशालामा पठाइयो ।


६, निर्वाचन आयोगद्वारा गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता, तोकिएको समयमा खर्चको विवरण पेश नगर्नेलाई कानूनबमोजिम कारवाही र जरिवाना हुने ।


७, काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरु, सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश, एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौँ उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सहयोग पुग्ने विश्वास ।


८, दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने, लाभांश अनुमोदनका लागि साधारणसभामा लैजाने, वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७औँ वार्षिक साधारणसभा पुस २८ गते र नेपाल बैंकले पुस २९ गते ६३औँ वार्षिक साधारणसभा गर्ने ।


९, बङ्गलादेशमा जारी काभा यु–२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालको लगातार दोस्रो हार, ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित, यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको थियो ।


१०, बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै, बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमण, केही पाका उमेरका बिरामीमा गम्भीर समस्या, दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी ।

प्रतिक्रिया दिनुहोस्