Logo
Logo

कांग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवालाई सुझाव


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासंग छलफल गर्दै उनीहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्ने र पहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने सुझाव दिएका हुन् ।

निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेका कारण पनि अवको सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने कांग्रेस सांसद रमा कोइराला पौड्यालले जानकारी दिए । उनले निर्वाचनमा जाँदा गठबन्धनसँगै मत मागेकाले गठबन्धन बाहिरबाट सरकार बनाउन नहुनेमा आफुहरुको जोड रहेको बताए ।

छलफलका क्रममा देउवाले गठबन्धनबीच समझदारी पूर्व छलफल भइरहेको जानकारी गराएका थिए । आइतबारसम्ममा गठबन्धनभित्र सहमति जुट्ने सभापति देउवाले बताएको सांसद रमा कोइराला पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्