Logo
Logo

सरकार गठनका लागि माओवादीद्वारा हस्ताक्षर संकलन


10.2k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको बताइएको छ । पुस ७ मा बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्नका लागि हस्ताक्षर संकलन गरिएको हो ।

सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी लगायत विभिन्न काममा प्रयोग गर्नका लागि भनेर संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको थियो । उक्त बैठकमा अनुपस्थित सांसदहरूको शनिबार बिहानसम्म हस्ताक्षर लिइसकिएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिसकेका छन् । त्यो समयावधिभित्र सरकारमा दाबी गर्ने तयारीमा दलका नेताहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्