Logo
Logo

काठमाडौंकाे तापक्रम वर्षकै न्यून


1.5k
Shares

काठमाडौं । पौष महिना लागेसँगै देशभर चिसो अत्याधिक बढेको छ । काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम घट्दोक्रममा छ । आज (आइतबार) काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए । उनका अनुसार शनिबार भने न्यूनतम तापक्रम ५।३ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौं उपत्यकामा आज बिहान अन्य दिनको तुलनामा बढी चिसो महुसस भएको थियो । मौसमविदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । आज जोमसोमको न्युनतम तापक्रम माइनस ६ दशमलव १ डिग्री सेल्सियस रहेको छ भने जुम्लाको माइनस ५ दशमलव ६ डिग्री सेल्सियस रहेको छ । त्यस्तै दोलखाको जिरीको तपक्रम माइनस ० दशमलव ७ डिग्री सेल्यिस पुगेको छ ।

अहिले नेपालमा नयाँ मौसमी प्रणाली भने छैन । यद्यपि हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज बदली हुने सम्भावना पनि रहेको मौसमविद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्