Logo
Logo

बालकोटमा सहमति भए नयाँ सरकार


13.2k
Shares

काठमाडौं । सत्ता गठबन्धनमा कुरा मिल्न नसकेपछि सरकार गठनका लागि अर्को नयाँ चरणको समीकरण तयारी भएको छ ।

त्यसका लागि अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल सुरु भएको छ । जसमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

राष्ट्रपतिसहित सबै निकायमा हुने नियुक्ति र चुनावी प्रक्रिया पहिले नै बाँडफाँटमा सहमति गर्ने तयारीस्वरुप छलफल सुरु भएको हो । चार दलबीच सहमति कायम भएमा बहुमत पुग्ने देखिन्छ ।

१६५ सांसद रहेको प्रतिनिधिसभा सरकार गठन गर्नका लागि १३८ सांसद आवश्यक पर्छ । यदि एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन भएका पुग्छ ।

नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपाका २० र राप्रपासँग १४ गरी १४४ मत रहेको छ । यो संख्या सरकार गठनका लागि बहुमत हो ।

प्रतिक्रिया दिनुहोस्