Logo
Logo

पासाङले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई


17.4k
Shares

काठमाडौं । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रामकुमार राई ‘पासाङ’ले नवनियुक्त प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।

प्रदेश एकका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री समेत रहेका पासाङले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिएका हुन् । उनी माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे राष्ट्रपति कार्यालयका निवास शितल निवासमा शपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रचण्डलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टी र स्वतन्त्रसहित प्रतिनिधिसभाका १६९ जना सांसदको समर्थन रहेको छ ।

प्रचण्ड नेपालको ४४औं प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्