Logo
Logo

प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने- सहकार्य गरौं


8k
Shares

काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै आज बिहान खुमलटार पुगेर डा भट्टराईले देशलाई समृद्ध बनाउन सहकार्यको प्रस्ताव गरेका हुन् । पत्नी हिसिला यमीसहित प्रचण्ड निवास पुगेका भट्टराईले बधाई दिँदै अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे ।

प्रचण्डसँगको भेटपछि डा भट्टराईले लेखेका छन्- ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना ! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !’

प्रतिक्रिया दिनुहोस्