Logo
Logo

सत्ताको पहिलो क्लासमै विरक्तिए सिके राउत


7.2k
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सत्ताको पहिलो क्लासमै ज्ञान र वितृष्णा पाएको टिप्पणी गरेका छन् ।

हिजो (आइतबार) सात दल र केही स्वतन्त्र सांंसदसिहतको सरकार गठन भएको छ । सरकार गठनका लागि आइतबार दिउँसो बालकोट पुगेका राउतले सत्ताको पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला भन्ने नसोचेको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सत्ताको पहिलो कक्षाबाट विरक्त लागे पनि काँधमा जनताको अपेक्षा र जिम्मेवारी भएकै कारण आफू बाध्य भएर सत्ताको खेलमा लागेको आशय उनले पोखेका छन् ।

आइतबार दिउँसो बालकोट बैठकमा बसेका राउतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको पहिलो क्लास (आज) मै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस् म त सुनिरहें ।’ उनले अगाडी लेखेका छन्, ‘काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर, आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’

उनी नेतृत्वको जनमत पार्टीको समर्थनसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधामन्त्री नियुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्