Logo
Logo

गृहमन्त्रीमा रवि लामिछानेको दाबी


5.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा दाबी गरेका छन् ।

नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीमा दाबी गरेको हुन् । गठबन्धनको बैठकबाट बाहिरिँदै आफूले गृहमन्त्रीमा दाबी गरेको सभापति लामिछानेले प्रतिक्रिया दिए । उनले मन्त्रालय तोक्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको पनि जानकारी दिए ।

उनले गृहमन्त्रीको दाबी गरेपनि आफूलाई गृह नै नभइ नहुने बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्