Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

मन्त्रिपरिषद गठनदेखि शेयर बजार उकालोसम्म


630
Shares

१, नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिए पद तथा गोपनीयताको सपथ, अपराह्न चार बजे शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुवाए सपथ, तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण ।


२, प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आठ सदस्यीय मन्त्रिपरिषद गठन, उपप्रधानमन्त्रीसति विष्णु पौडेल अर्थ, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र लामिछानेले पाए गृह मन्त्रालय, मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको कार्यभार पछि तोकिने ।


३, नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण, पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण ।


४, नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा पदभार ग्रहण, अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय, अनलाइन सिस्टम कार्यान्वयन प्रणाली लागू गर्ने, अर्थतन्त्रका चुनौतीको कारण खोजेर, समाधानमा प्रभावकारी संवाद गर्ने, पहिचान, समाधान गर्ने प्रतिबद्धता ।


५, सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकाले गृहमन्त्रालय रोजेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको भनाइ, निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको भनाइ, आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने ।


६, सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ, यसअघि भएका सबै सकारात्मक कामलाई आत्मसात् र त्यसलाई निरन्तरता दिने, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको अभिव्यक्ति ।


७, सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको कांग्रेसका नेता डा शेखर कोइरालाको भनाइ, पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई निराश नहुन आग्रह, संसद्को तेस्रो शक्ति भएपनि माओवादीले सरकारको नेतृत्व गर्ने अवस्था आउनु अराजनीतिक र अराजकताको पराकाष्ठा भएको टिप्पणी ।


८, अवैध सुन प्रकरणमा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी पक्राउ, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीद्वारा आइतबार राति निवासबाटै केसी नियन्त्रणमा, ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद बरामद ।


९, नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि, आजको कारोबारमा नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि भई एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुग्यो, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इनडेक्स आठ दशमलव ३८ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ४५ मा कायम ।


१०, अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३४ जनाको मृत्यु, हिमआँधीका कारण ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा गरी ३४ जनाको मृत्यु, देशका अन्य राज्य पनि आँधीबाट प्रभावित, बिजुली नभएपछि कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने ।

प्रतिक्रिया दिनुहोस्