Logo
Logo

दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त हुँदै


504
Shares

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरेललाई महान्यायाधिवक्ता नियुक्तिको तयारी गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।

यसअघिका सरकारका कानूनी सल्लाहकार रहेका खम्मबहादुर खातीले साेमबार महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएसँगै महान्यायाधिवक्ता कार्यालयले उनलाई बिदाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्