Logo
Logo

एमालेबाट को-को मन्त्री बन्दै ?


49.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकारमा नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्री पठाइसकेको छ । विष्णु पौडेल उपप्रधान तथा अर्थ जिम्मेवारीसहित राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।

त्यस्तै, अन्य केही नेताहरूलाई सरकारमा पठाउने एमालेको तयारी छ । स्रोतका अनुसार एमालेबाट पदम गिरी, विद्या भट्टराई, भगवती चौधरी, टोपबहादुर रायमाझी, देवराज घिमिरे, रघुवीर महासेठ र छविलाल विश्वकर्मा मन्त्री बनाउने सम्भावना बलियो छ ।

एमालेले समानुपातिक सांसदलाई यो पटक मन्त्री नबनाउने तयारी छ । कठिन परिस्थितिमा भएको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर प्रमुख प्रतिस्पर्धीलाई हराउन सफलहरूलाई नै प्राथमिकता दिने तयारी छ । त्यसो हुँदा यो पटक सकभर प्रत्यक्ष निर्वाचित सांसदले अवसर पाउन सक्छन् । 

प्रतिक्रिया दिनुहोस्