Logo
Logo

रविभन्दा तल्लो वरियतामा बर्षमान र शक्ति मन्त्री नबन्ने !


73k
Shares

काठमाडौं । कांग्रेससँग ‘पावर शेयरिङ’मा सहमति हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । 

प्रधानमन्त्री प्रचण्डले सोमबार मात्र प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । उनले ७ जनाको मन्त्रिपरिषद् गठन गरेका छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् । 

माओवादीले अब ४ देखि ५ सम्म मन्त्री पाउने एक नेताले जानकारी दिए । माओवादीबाट को-को मन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । स्रोतका अनुसार वर्षमान पुन यो पटक मन्त्री नबन्ने भएका छन् । प्रचण्डको रोजाईमा परेका नेता पुन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भन्दा तल्लो  वरियतामा बसेर मन्त्री नहुने नेताहरू बताउँछन् ।

त्यस्तै, माओवादीका अर्का नेता शक्तिबहादुर बस्नेत पनि रविको भन्दा तल्लो  वरियतामा मन्त्री नहुने तयारीमा छन् । एक नेताका अनुसार नेता पुन र बस्नेत मन्त्री बन्ने पहिलो दाबेदार भए पनि रवि उपप्रधान तथा गृहमन्त्री भइसकेकाले लामिछानेको भन्दा तल्लो  वरियतामा बसेर मन्त्री बन्ने इच्छा नदेखाएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्