Logo
Logo

बागमतीमा आज कांग्रेसले दलको नेता चुन्दै


441
Shares

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसले आज संसदीय दलको नेता चुन्दैछ । संसदीय दलको नेता को बन्ने भन्ने सहमति नजुटेपछि निर्वाचनमार्फ चुन्न लागेको हो । मतदानका लागि आज दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ ।

संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुरसिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँ उम्मेदवार रहेका छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् । बानियाँ यसअघि पनि दलको नेता थिए । बागमती प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्