Logo
Logo

कांग्रेस इतर समूहको बैठकमा महामन्त्री शर्मा र प्रदीपलाई बोलाइएन


18.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल अनुपस्थित छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचन र निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बुधबार इतर समूहको बैठक बोलाएको हो । तर बैठकमा पार्टी संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा खुलेका शर्मा र पौडेललाई बैठकमा खबर नै नगरिएको बुझिएको छ ।

फाइल फोटो

बैठकमा पुस २२ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकमा समूहका तर्फबाट प्रस्तुत हुने विषयमा समेत छलफल हुने बताइएको छ ।

उक्त छलफलमा महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई खबर नै नगरिएको इतर समूहनिकट एक नेताले बताएका छन् ।
बैठकमा इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, दिलेन्दप्रसाद बडू, हृदयराम थानी, सरिता प्रसाईंलगायतका नेताहरु सहभागी छन् ।

सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन टिकाउन नसकेको भन्दै इतर समूहका नेताहरु देउवाले राजीनामा दिनुपर्नेसम्मका अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्