Logo
Logo

खुमलटारमा ओलीलाई सुन्तलाले सत्कार


8.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खुमलटारमा सुन्तलाले सत्कार गरिएको छ । ओली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

खुमलटारस्थित प्रचण्ड निवासमा ओलीलाई प्रचण्डकी नातिनी स्मृता दाहालले सुन्तलाले सत्कार गरिरहेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

पाँच दलीय गबन्धन तोडेर एमालेसँग गठबन्धन बनाएर प्रचण्ड प्रधानमन्त्री भएपछि ओली पहिलोपटक खुमलटार पुगेका हुन् । तत्तकालीन नेकपा टुटेपछि ओली खमलटार गएका थिएनन् ।

बुधबार भएको प्रधामन्त्री प्रचण्ड र ओलीबीच भेटमा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारले ल्याउनेबारे छलफल भएको बताइन्छ । साथै, मन्त्रिपरिषद विस्तारबारेमा पनि प्रचण्ड र ओलीबीच छलफल भएको बताएको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले यही पुस २५ गते विश्वासको मत लिने भएका छन् । तर, त्यसअघि नै एकीकृत समाजवादीलाई सरकारमा ल्याउने प्रचण्ड र ओलीले पहल गरिहेका छन् ।

प्रतिक्रिया दिनुहोस्